हाँसीमारामा सडक दुर्घटनामा युवकको मृत्यु

हाँसीमारा : हाँसीमारा 13 नम्बर इलाकाको भुटानगामी एसियन हाईवेमा सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार गत राति जयगाउँबाट हाँसीमारा जाने सडकको 13 नम्बर इलाकामा सडकमा रोकेर राखेको एउटा ट्रकलाई बाइकमा सवार युवकले सोझै धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएका थिए। घटनाको खबर पाएर हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइते युवकलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *