‘हस्ताक्षर’ पत्रिकाको लोकार्पण तथा सम्मान समारोह सम्पन्न

मङपु : सावाली प्रकाशनद्वारा प्रकाशित अनि सुभद्र बम्जनद्वारा सम्पादित समसामयिक पत्रिका हस्ताक्षर’-को आज लाब्दा विभाग मङपु डलफिन  इन्स्टिट्युट प्राङ्गणमा लोकार्पण गरियो। तारा लोहार (लेप्चा)-को अध्यक्षतामा सम्पन्न  भएको  लोकार्पण  समारोहमा कवि, कथाकारहरूले गीत, कथा र कविताहरू वाचन गरे भने नानीहरूले सुन्दर नृत्य प्रस्तुत गरे। दुशियन्त रामुदामुले सञ्चालन गरेको लोकार्पण समारोहमा निम्बन्धकार तथा मङपुका साहित्यकार अर्जुन कुमार (एके) गुरुङलाई समारोहका प्रमुख अतिथि साहित्यकार गुप्ता प्रधानले स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाए। समारोहमा 19 जना कथाकारहरूद्वारा लेखिएको पत्रिका हस्ताक्षर-को साहित्यकार अशोक ठकुरी, सुरेन्द्र थीङ, अर्जुन गुरुङ, उदय थुलुङ, टीका भाई, शमशेर अली, डीएस प्रधान, एनके लामिछाने अनि शुभद्र बम्जनको बाहुलीबाट लोकार्पण गरियो। समसामयिक पत्रिका हस्ताक्षर’-बारे साहित्यकार टिका भाई, गुप्ता प्रधान अनि बिभोर सिङदनले एक-दुई शब्द राखे। कार्यक्रमको अन्त्यमा सभापति तारा लोहारले सबैलाई आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *