हाँस्य कलाकार हल्का टिरिक समूह सम्मानित

बिजनबारी: अप्पर सिरिसे-लिङतेन माझबर्ने समाजले बिजनबारी भेगका हाँस्य टेली शृङ्खला हल्का टिरिकका कलाकारहरूलाई सम्मान जनायो। स्थानीय गाउँलाई प्राविधिकको माध्यमद्वारा परिचित गराएकोमा आज 40औँ स्थापना दिवसको उपलक्ष्यमा प्रशस्ती पत्रद्वारा तिनीहरूलाई सम्मान गरेको बताइएको छ। गाउँका युवाहरूले मानिसहरूलाई मनोरञ्जनसँगै दुर्गम गाउँलाई सञ्चारको माध्यमद्वारा चिनाएकोमा तिनीहरूलाई एउटा कार्यक्रमबीच सम्मान जनाएको समाजका सचिव मानसिह सुब्बाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *