हाथरस घटनाको विरोधमा दार्जिलिङ जिल्ला तृणमूल लिगल सेल-द्वारा प्रतिवाद र्‍याली

सिलगढी : उत्तरप्रदेशको हाथरस घटनाको प्रतिवाद जनाउँदै दार्जिलिङ जिल्ला तृणमूल लिगल सेल (समतल)-ले आज सिलगढीमा एउटा प्रतिवाद र्‍यालीको आयोजना गर्यो। सिलगढीको कोर्ट परिसरबाट उक्त प्रतिवाद र्‍याली निकालेर सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त प्रतिवाद र्‍यालीमा राज्यका पर्यटन मन्त्री गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार लगायत जिल्ला तृणमूल लिगल सेलका सदस्यहरू उपस्थित थिए। यस अवसरमा मन्त्री देवले हाथरस घटनाका पीडित परिवारसित पत्रकारहरूलाई भेट गर्न नदिएको साथै पीडित परिवारमाथि अत्याचार भइरहेकोले यो अति नै निन्दनीय रहेको बताए। यसको साथै तिनले केन्द्र सरकार विभिन्न नीतिहरूको पनि विरोध जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *