हाथरस घटनाको विरोधमा पश्चिमबंग तृणमूल माध्यमिक शिक्षा समितिद्वारा धरना प्रदर्शन

सिलगढी : पश्चिमबंग तृणमूल माध्यमिक शिक्षा समितिको सिलगढी सांगठनिक जिल्लाका सदस्यहरूले केन्द्र सरकारको विभिन्न नीतिहरू लगायत हाथरस घटनाको विरोधमा सिलगढीको भेनस मोडमा धरना प्रदर्शन गर्यो। आज संगठनका सदस्यहरूले धरना प्रदर्शनको माध्यमद्वारा केन्द्र सरकारको शिक्षा नीति, कृषि बील लगायत हाथरस घटनाको विरोध गरे। यस अवसरमा राज्यका पर्यटन मन्त्री गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकार लगायत अन्य उपस्थित थिए। मन्त्री गौतम देवले देशको हाम्रो सम्पद जसले धेरै अघिदेखि नै अर्थव्यवस्थालाई अझ मजबुत गर्दै आइरहेको थियो त्यसलाई केन्द्र सरकारले निजीकरण गर्ने प्रयास गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *