हाथरस घटनालाई लिएर सिलगढीमा दलित समाजले विरोध प्रदर्शन गर्ने

सिलगढी : हाथरसमा दलित युवतीसित दुष्कर्म गरेको घटनालाई लिएर सिलगढीमा पनि यहाँको दलित समाजले आवाज उठाएको छ। महा ऋषि बाल्मीकि सेवा संघको तर्फबाट आगामी 20 अक्टोबरमा सिलगढीको बीआर अम्बेडकरको मूर्ति अघि विरोध प्रदर्शन गर्ने भएको छ। उक्त संगठनको उत्तरबंग शाखा महासचिव नीरज बाल्मीकिले बताएअनुसार यस्ता घटनाहरू उत्तर बंगालको कतिपय ठाउँहरूमा घटिरहेको छ। यसैले हाथरस घटनाको निष्पक्ष जाँच गरेर दोषीहरूलाई कठोरभन्दा कठोर सजाय दिनुपर्ने तिनले संगठनको पक्षबाट माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *