हाथरस घटनासहित विभिन्न माग गर्दै सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : उत्तरप्रदेशको हाथरस काण्डको चारैतिर विरोध भइरहेको छ। यसै क्रममा आज अल इन्डिया युनाइटेड ट्रेड युनियन सेन्टरले उक्त घटनाको प्रतिवाद जनाउँदै विक्षोभ प्रदर्शनी गर्यो। संगठनको तर्फबाट आज सिलगढी विधान रोडस्थित गोष्टपालको मूर्ति अघि धरना प्रदर्शन गर्दै हाथरस काण्डका आरोपीलाई कठोर सजाय दिनुपर्ने माग गरेका छन्। यसको साथै संगठनका सदस्यहरूले रेलवेलाई नीजिकरण गर्नेविरुद्ध प्रतिवाद गर्दै विभिन्न मागहरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *