हाथरस घटनाको प्रतिवादमा महिला तृणमूल कांग्रेसद्वारा सिलगढीमा विक्षोभ र्‍याली

सिलगढी : हाथरस घटनाको प्रतिवाद जनाउँदै दार्जिलिङ जिल्ला महिला तृणमूल कांग्रेसको आयोजनामा आज सिलगढी सहरमा एउटा विक्षोभ र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको एयरभ्यु मोडबाट शुरू गरेर सहरको विभिन्न पथको परिक्रमा गरेपछि अन्तमा भेनस मोडमा पुगेर समापन गरियो। र्‍यालीमा राज्यका पर्यटन मन्त्री गौतम देव, महिला तृणमूल कांग्रेस राज्य सभानेत्री चन्द्रिमा भट्टाचार्य लगायत दलका अन्य नेतागण तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा चन्द्रिमा भट्टाचार्यले केन्द्रको भाजपा सरकारको खोइरो खन्दै हाथरस घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी किन मौन छन्? प्रधानमन्त्रीले मन कि बात कार्यक्रममा किन यसबारे केही भन्दैनन्? भनी प्रश्न गरिन्। उत्तर प्रदेश लगायत भाजपा शासित राज्यहरूमा दलित युवतीहरूमाथि भइरहेको अत्याचारको प्रतिवाद जनाउँदै आज दार्जिलिङ जिल्ला महिला तृणमूलद्वारा उक्त र्‍याली निकालिइएको तिनले बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *