हाथरस काण्डको विरोधमा हिल डेभलपमेन्ट एण्ड कल्चरल बोर्ड-द्वारा मिरिकमा मोमबत्ती र्‍याली

मिरिक : अल हिल डेभलपमेन्ट एण्ड कल्चरल बोर्डले मिरिकमा हाथरस काण्डलाई लिएर आज साँझ मोमबत्ती र्‍याली निकाल्यो। अल हिल डेभलपमेन्ट बोर्डका संयुक्त सचिव एवम् मोमबत्ती र्‍यालीका संयोजक दीपराज राईको पहलमा उक्त र्‍याली निकालिइएको थियो। र्‍यालीमा उपस्थित सबैले उत्तर प्रदेशको हाथरस काण्डको विरोध जनाउनको साथै मृतकको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गर्यो। उक्त मोमबत्ती र्‍यालीमा 14 वटा बोर्डले सहभागी जनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *