हाथरस काण्डको विरोधमा सुकेपोखरी क्षेत्रमा पोस्टरिङ

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा नागरी धजे समष्टिद्वारा हाथरस काण्डको विरोध जनाउँदै जोरबङ्गलो सुकेपोखरी खण्डका खण्ड विकास अधिकारीलाई एउटा ज्ञापन पत्र चढायो।


संगठनका सभापति अशेष शंकर, उप-सभापति गोपाल शंखर, सचिव सुलभ प्रधान, मुख्य सल्लाहकार जशयन्त गिरी, पङ्कज शर्मा अनि सिद्धार्थ थापाको नेतृत्वमा आज जोरबङ्गलो सुकेपोखरी खण्डका खण्ड विकास अधिकारीलाई एउटा ज्ञापन चढाएको बताइएको छ। यसको साथै समष्टि अन्तर्गत धजे बस्ती शाखाले सुकेपोखरी क्षेत्रमा हाथरस काण्डको विरोध गर्दै व्यापक पोस्टरिङ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *