हात्ती दिवसको अवसरमा बंगाल सफारी पार्कमा जागरूकता रैली

सिलगढी (निसं): आज विश्व हात्ती दिवसको अवसरमा बंगाल सफारी पार्कमा जागरूकता रैलीको आयोजना गरियो। उक्त रैलीमा लक्ष्मी र उर्मिलाले पनि अंश ग्रहण गरेको थियो। लक्ष्मी र उर्मिला बंगाल सफारी पार्कको दुई वटा प्रशिक्षित हात्ती हो। आज विद्यार्थीहरूले हातमा प्लाकार्ड लिएर रैलीमा सामेल भएका थिए। यस अवधि हात्तीहरूको पुजा पनि गरियो। उत्तरबंगमा हात्तीहरूको मृत्यु अनि हात्ती- मनुष्यमाझ सङ्घर्षको घटनाहरू भइरहन्छ। मूल रूपले हात्ती-मनुष्य बीच सङ्घर्षलाई कम गर्ने उद्देश्य लिएर उक्त रैलीको आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *