हात्तीघिसामा ट्र्याक्टरको धक्का लागेर युवकको मृत्यु

नक्सलबारी : नक्सलबारीको हात्तीघिसा इलाकामा ट्र्याक्टरको धक्का लागेर एकजना युवकको मृत्यु भएको छ। उक्त घटनाले इलाकामा सनसनी मच्चियो। मृतक युवकको नाम राम किसन (36) बताइएको छ। तिनी हात्तीघिसाको सेवदोल्ला जोत निवासी हुन्। प्राप्त जानकारी अनुसार आज अपरान्ह नदीबाट बलुवा लिएर एउटा ट्र्याक्टर हात्तीघिसातर्फ आइरहेको समय एकजना युवकलाई पछिल्तिरबाट धक्का दिँदा घटनास्थलमै युवकको मृत्यु भएको बताइएको छ।  घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि नक्सलबारी ग्रामीण अस्पतालमा लगेको छ। शव भोलि बुधबार पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइनेछ। नक्सलबारी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *