हात्तीको दाँत तस्करी मामिलामा आईआरबी-का जवानसहित 6 जना पक्राउ

सिलगढी : सालुगढा रेञ्जका वन कर्मीहरूले ओदलाबारीमा अभियान चलाएर हात्तीको दाँत सहित इन्डियन रिजर्भ बटालियन (आईआरबी)-का जवान लगायत अन्य 5 जना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा परेका 6 जना आरोपीलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरूमा सिक्किम इन्डियन रिजर्भ बटालियनका जवान गणेश छेत्री, गानडुप लेप्चा, ध्यान बहादुर प्रधान, रोहित तामाङ, दावा शेर्पा, सामसन लेप्चा सामेल छन् भने आरोपीहरू सबै सिक्किम निवासी हुन्। वन विभाग सूत्रले दिएको जानकारीअनुसार हात्तीको दाँत तस्कर गर्ने नाइके आईआरबीका जवान हुन् भने तिनको मोबाइलमा पुरानो केही मूर्ति र रुपियाँको चित्र पनि फेला पारेको छ। पक्रा परेकाहरूबाट लगभग 1 केजी ओजन भएको एउटा हात्तीको दाँत उद्धार गरेको छ भने अन्तर्राष्ट्रिय बजारमा यसको अनुमानित मूल्य 10 लाख रुपियाँ रहेको बताइएको छ। आईआरबी अधिकारीहरू लगायत सम्बन्धित विभागलाई यसबारे सूचित गरिएको वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *