हात्तीको देहांशसहित व्यक्ति पक्राउ

सिलगढी : घोषपुकुर वन विभागले हात्तीको देहांशसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति जेन्डर उरावको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार घोषपुकुर वन विभागले हाँसखोआ इलाकामा अभियान चलाएर हात्तीको देहांशसहित उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। रेञ्जर सोनम भुटियाले उक्त घटनामा अन्य व्यक्तिहरू संलग्न छ अथवा छैन भन्ने विषयमा जाँच शुरू गरेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *