हात्तीको हमलामा 60 वर्षीय वृद्धको मृत्यु

राजगञ्ज : हात्तीको हमलामा 60 वर्षीय वृद्ध नीलकान्त उरावको मृत्यु भएको छ। उक्त घटना बेलाकोवा रेञ्ज अधीनस्थ बैकुण्ठपुर जङ्गल संलग्न देउनियापाडा गाउँमा घटेको हो। प्राप्त जानकारी अनुसार गत अबेर राति दल छोडेर एउटा हात्ती उक्त गाउँमा पस्यो। उक्त समय वृद्ध नीलकान्त घरमा सुतिरहेका थिए भने हात्ती घरभित्र पसेर तिनीमाथि हमला गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर बैकुण्ठपुर वन विभागको बेलाकोवा रेञ्जका वनकर्मीहरू घटनास्थलमा पुगेर हात्तीलाई जङ्गलतिर लखेटे। बेलाकोवा रेञ्जर सञ्जय दत्तले बताएअनुसार मृतकका परिवारलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था गर्नको साथै परिवारका एकजना सदस्यलाई नोकरी दिइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *