हात्तीको हमलामा वृद्ध दम्पतिको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाटमा हात्तीको हमलामा वृद्ध दम्पतिको मृत्यु भएको छ। मृतक दम्पति मदारीहाट पूर्व खयेरबारी इलाका निवासी 60 वर्षीय सानु कामी र 57 वर्षीय गीता कामीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत साँझ यी दुई दम्पति पूर्व खयेरबारी संलग्न जलदापाडा जङ्गलमा दाउरा खोज्न गएको समय अचानक एउटा हात्तीले हमला गर्दा दुईजनाको मृत्यु भएको बताइएको छ। स्थानीय मानिसहरूले आज बिहान जङ्गलमा मृतदेह देखेपछि यसबारे पुलिसलाई खबर दिएपछि मदारीहाट थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomcasibomOnwincasibom girişcasibombaywingrandpashabet girişmeritkingmeritking giriş