हात्तीको हमलामा 2 जना महिलाको मृत्यु, 1 जना घाइते

सिलगढी : जङ्गलमा घाँस काट्न जाँदा हात्तीको हमलामा दुईजना महिलाको मृत्यु भएको छ भने अन्य एउटी महिला गम्भीर रूपमा घाइते भएकी छन्। उक्त घटनाले बाघडुग्राको सेन्ट्रल बस्ती इलाकामा शोकको लहर छाएको छ। मृतकहरूमा साबित्री सुब्बा (48) र देवी तामाङ (55) र घाइते महिला गीता सुब्बा (45)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो लगभग 6 जना महिला घरमा पालेको पशुको लागि बाघडुग्राको जङ्गलमा घाँस काट्न गएको समय जङ्गली हात्तीको हमलामा 2 जना महिलाको मृत्यु भएको छ भने अन्य एउटी महिला गम्भीर रूपमा घाइते भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *