हात्तीको हमलामा 3 वटा घर क्षतिग्रस्त

अलिपुरद्वार : अलिपुरद्वारको वीरपाडा डिमडिमा चियाकमान इलाकामा हात्तीको हमलामा तीनवटा घर क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज बिहानै तीनवटा हात्ती उक्त इलाकामा पसेर ताण्डव मच्चाएर 3 वटा घर क्षतिग्रस्त पारिदिएको छ भने उक्त घरका सदस्यहरू भाग्यले बाँचेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार पीडित परिवारहरू डिमडिमा चियाकमान निवासी रहे तापनि तिनीहरू चियाश्रमिक होइनन्। यसैले सरकारी नियमअनुसार तिनीहरूलाई क्षतिपूर्ति दिइने छ अथवा छैन भन्नेबारे जाँच गरिरहेको छ। अर्कोतिर, खुल्ला आकाशमुनि बस्न बाहेक तिनीहरूसमक्ष अन्य कुनै विकल्प नरहेको पीडित 3 परिवारका सदस्यहरूले गुनासो पोखेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *