हात्तीको हमलामा 4 वटा घरसहित 1 दोकान क्षतिग्रस्त

जलपाईगढी : आहारको खोजीमा निस्केको एउटा जङ्गली हात्ती जलपाईगढीको साकोयाझोडा 1 नम्बर ग्राम पञ्चायतको उत्तर डाङ्गापाड़ा गाउँमा पसेर चारवटा घरसहित एउटा दोकान क्षतिग्रस्त बनाएको छ। प्राप्त जानकारीअनुसार हिजो अबेर राति एउटा जङ्गली हात्ती आवासीय इलाकामा पसेर इलाकाको चारवटा घर र एउटा दोकान क्षतिग्रस्त गरेको बताइएको छ। यसपछि स्थानीय मानिसहरू  आक्रोशित बनेर सम्बन्धित विभागलाई चाँडोभन्दा चाँडो क्षतिपूर्ति गरिदिने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *