हात्तीको हमलामा व्यक्तिको मृत्यु

बाघडुग्रा: हात्तीको हमलामा एकजना व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सुजीत लाकडा (40) बताइएको छ। तिनी नक्सलबारीको मेरीभ्यू चियाकमानका श्रमिक थिए। बाघडुग्राको टिपु खोलाबाट जङ्गल हुँदै मेरीभ्यू चियाकमान आइरहेको समय हात्तीको हमलामा परेर तिनको मृत्यु भएको हुनसक्ने वन विभागले अनुमान लगाएको छ। प्राप्त जानकारी अनुसार आज अपरान्ह जङ्गल भएर घर फर्किरहेको समय हात्तीको हमलामा व्यक्तिको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर बाघडुग्रा थाना पुलिस र बाघडुग्रा एलिफ्यान्ट स्क्वाड घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। उक्त घटनापछि जङ्गलमा प्रवेश नगर्ने खरसाङका एडीएफओ भुपेन विश्वकर्माले सन्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *