हात्तीको हमलामा वृद्धको मृत्यु

सिलगढी : हात्तीको हमलामा एकजना वृद्धको मृत्यु भएको छ। उक्त घटनाले बाघडुग्रा अर्ड चियाकमानमा शोकको लहर छाएको छ। मृतक वृद्ध 63 वर्षीय नुयस बराईकको नाममा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान उक्त वृद्ध गाई खोज्न घरबाट निस्केका थिए। एमएम तराई चियाकमान संलग्न इलाकामा अचानक एउटा हात्तीले वृद्धमाथि हमला गर्दा घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर वन विभागको पानीघट्टा विभाग र बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *