हात्तीको हमलामा चियाश्रमिकको मृत्यु

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको मदारीहाटको हान्टापाडा चियाकमानमा आज बिहान हात्तीको हमलामा कान्डे मुण्डा नाम गरेको एकजना श्रमिकको मृत्यु भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज बिहान हान्टापाडा चियाकमानको 29 नम्बर सेक्सनमा चियाको बोटको हेरचाहको काम गरिरहेका थिए। त्यहीँ समय अचानक पछिल्तिरबाट एउटा जङ्गली हात्तीले हमला गर्दा तिनी गम्भीर रूपमा घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा तिनलाई मदारीहाट प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहीँ तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर जलदापाडा राष्ट्रिय उद्यानका वनकर्मीहरू घटनास्थलमा पुगेपछि मृतकको परिवारका सदस्यहरूलाई 4 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *