हातीको हमलामा एकजना महिलाको मृत्यु, उत्तेजित मानिसहरूद्वारा स्वास्थ्य केन्द्रमा तोड़फोड़

खोरीबारी: हातीको हमलामा एकजना महिलाको मृत्यु भएको छ। गत राति खोरीबारी ब्लकको बातासीको अन्धारू जोत इलाकामा उक्त घटना भएको हो भने मृतकको पहिचान सरस्वती सरकार (30) को रूपमा गरिएको छ। प्राप्त जानकारी अनुसार गत राति हात्तीहरूको एउटा झुन्ड बातासीको अन्धारू जोत आवसीय इलाकामा प्रवेश गर्नको साथै एउटा हात्तीले सरस्वती सरकारलाई हमला गरे। यसपछि गम्भीर घाइते अवस्थामा तिनलाई बातासी प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो, जहाँ महिलाको मृत्यु भयो। महिलाको मृत्यु भएपछि उत्तेजित केही मानिसहरूले प्राथमिक स्वास्थ्य केन्द्रमा तोड़फोड़ पनि गरे।  अर्कोतिर, पुलिसले ब्लक स्वास्थ्य विभागले गरेको अभियोगको आधारमा स्वास्थ्य केन्द्रमा तोड़फोड़ गरेको आरोपमा राति नै दुई जनालाई पक्राउ गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *