हात्तीको हमलामा पाँचवटा घर क्षतिग्रस्त

कालचिनी : अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत पर्ने सुभाषिनी चियाकमानमा गत राति जङ्गली हात्तीले ताण्डव मच्चाएर पाँचवटा घर क्षतिग्रस्त पारिदिएको छ। प्राप्त जानकारीअनुसार गत राति 2 बजी उक्त हात्तीले सुभाषिनी चियाकमानको गोदाम लाइनमा ताण्डव मच्चाएर श्रमिक सुभाष छेत्री, विशांकर धनवर, पल्टन राउत, जितरा मुण्डा अनि सुनिल उरावको घर क्षतिग्रस्त पारेको बताइएको छ। यसको साथै हात्तीले घरमा राखिएको सबै खाद्य सामग्रीहरू पनि नष्ट गरिदिएको पीडितहरू बताउँछन्। श्रमिकहरूले रातिको समय हात्तीको आवाज सुनेर घरबाट जसोतसो आफ्नो ज्यान बचाएर बाहिर निस्केको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.