हात्तीको पुजा गरेर विश्व हात्ती दिवस पालन

अलिपुरद्वार : आज विश्व हात्ती दिवसको अवसरमा वन विभागको बक्सा बाघ परियोजनाको साउथ रायडाक रेञ्जमा हात्ती पुजाको आयोजना गरियो। वन विभागको साउथ रायडाक रेञ्जमा 27 वर्ष 9 महीना पुगेको सुमन नाम गरेको एउटा हात्ती छ। आज बिहान सबैभन्दा पहिला उक्त हात्तीलाई नुहाई-धुवाई गरेर त्यसको पुजा गरियो। साउथ रायडाक रेञ्जका वनकर्मीहरूले यहाँ केवल उक्त हात्ती रहेकोले आज विश्व हात्ती दिवसको अवसरमा त्यसको पुजा अर्चना गरिएको बताए। कोरोना महामारीलाई ध्यानमा राखेर सामान्य रूपमा विश्व हात्ती दिवस पालन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *