हात्तीको ताण्डवले 5 वटा घर क्षतिग्रस्त

जलपाईगढी : धुपगढी ब्लक अन्तर्गत पर्ने मल्लिका सभा गाउँमा हात्तीको झुण्डले ताण्डव मच्चाएर 5 वटा घर लगायत चिउराको मिल भत्काइदिएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति हात्तीको झुण्ड आहारको खोजीमा जङ्गलबाट निस्केर मल्लिका सभा गाउँमा पसेर रातभरि ताण्डव मच्चाएर 5 वटा घर लगायत चिउराको मिल भत्काइदिएको बताइएको छ। यसबाहेक खेतीको फसल र केराको बघैँचा नष्ट पारिदिएको बताइएको छ। घटनाबारे बिन्नागुढी वन्य प्राणी स्क्वायरमा खबर दिएपछि वन्यकर्मीहरू घटनास्थलमा पुगेर हात्तीलाई जङ्गलतिर लखेटे। पीडित परिवारका सदस्यहरूले क्षतिपूर्तिको माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *