हात्तीको ताण्डवले बेलगाछी बडा लाइनमा घर क्षतिग्रस्त

पानीघट्टा : सिलगढी महकुमा अन्तर्गत पर्ने बेलगाछी बडा लाइन निवासी गोपाल खेरवारको घर आज बिहान लगभग 2 बजीको समय जङ्गली हात्तीले क्षतिग्रस्त बनाइदिएको छ। हात्तीले खेरवारको घरसहित 3 वटा साइकल लगायत घरमा राखेको खाद्य पदार्थहरू पनि खाइदिएको साथै क्षति पुर्‍याएको बताइएको छ। पीडित परिवार पक्षले दिएको जानकारी अनुसार घटनाको खबर पाएर वन विभागका कर्मचारीहरूले आज घटनास्थलमा आएर क्षतिको जानकारी लिएको छ भने विभागद्वारा चाँडै क्षतिपूर्तिको निम्ति पहल गरिदिने आश्वासन दिएको छ। अर्कोतिर, निरपानियाको ओलडाङ्गी बस्तीमा पनि आज बिहान जङ्गली हात्ती देखापरेपछि स्थानीय मानिसहरू भयभीत बन्न पुगेको जानकारी प्राप्त भएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *