हात्तीको ताण्डवमा धेरैवटा घर क्षतिग्रस्त

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको तासाटी चियाकमानको नाङडाला लाइन र पानी लाइनमा गत अबेर राति 3 वटा हात्तीले उत्पात मच्चाएर केही घर तथा दोकानहरू भत्काइदिएकोले 10 वटा परिवारले क्षतिको सामना गर्न परेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति 12 बजीतिर 3 वटा हात्ती उक्त इलाकामा पसेर त्यहाँको  विभिन्न घरमा ताण्डव मच्चाउँदा 10 परिवारले नोक्सानको सामना गर्न परिरहेको छ।


उक्त इलाकामा हात्तीले उत्पात मच्चाएर 10 परिवारमध्ये कसैको घर भत्काइदिएको छ भने कसैको दोकान तथा खाद्य सामग्रीहरू नष्ट पारिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *