हात्तीको ताण्डव: रासन दोकानको खाइदियो चामल-आटा

फुलबारी : राजगञ्ज ब्लकको मान्तादारी इलाकामा गत राति हात्तीले एउटा रासन दोकानमा ताण्डव मच्चायो। उक्त हात्तीले रासन दोकानको दैलो भत्काएर त्यहाँ राखेको केही बोरा आटा तथा चामल खाइदिएको छ। प्राप्त जानकारी अनुसार गत राति साढे 12 बजी एउटा हात्तीले मान्तादारी इलाकामा रहेको रासन दोकानको दैलो भत्काएर दोकानमा राखेको केही बोरा आटा तथा चामल खाइदिएको छ। स्थानीय मानिसहरूले देखेपछि चिच्याउँदा उक्त हात्तीले आटा तथा चामल बोकेर त्यहाँबाट गएको बताइएको छ। घटनाको खबर पाएर मान्तादारी बीटका वन कर्मीहरू घटनास्थलमा आइपुगेका थिए। समय-समयमा इलाकामा हात्ती पस्ने गरेकोले गर्दा स्थानीय मानिसहरू आतङ्कित छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *