हात्तीको उत्पातले गिर्जाघरको देवल क्षतिग्रस्त

अलिपुरद्वार : अलिपुरद्वारमा जङ्गली हात्तीको ताण्डवले एउटा गीर्जाघरको देवल क्षतिग्रस्त बनाइ दिएको छ। आज बिहान बक्सा ब्याघ्र प्रकल्पको जङ्गलबाट एउटा जङ्गली हात्ती निस्केर आवासीय इलाकामा पसेर उत्पात मच्याउनको साथै यहाँको तुरतुरी मिशन इलाकास्थित एउटा गिर्जाघरको देवल भत्काइदिएको बताइएको छ। उक्त घटनाले स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *