हात्तीले डायना चियाबारीमा घर क्षतिग्रस्त

बानरहाट: बानरहाट थाना अधिनस्थ रहेको डायना चियाबारीमा गत राति जंगली हात्तीले उपद्रव मच्चाउँदै एउटा घरलाई क्षति पुऱ्याएको छ। स्थानीय चियाबारीका बाबु शम्भु ठाकुरको घरमा हात्तीले राति लगभग 11.30 बजी अनि फेरि बिहान चार बजे दुई पटक हमला गरेर क्षति पुऱ्याइ दिएको बताइएको छ। पीडित घरका सदस्य अमृता झा ठाकुरले बताए अनुसार रातभरि नै हात्तीको उपद्रवले आस्थाको महान पर्व छ्ठ पूजाको निम्ति तयार गरिएको गहुँ, प्रसादहरु साथै चियाबारीका श्रमिकहरुद्वारा कठिन परिश्रम गरेर तयार गरिएको घरलाई पनि क्षतिग्रस्त पारिदिएको छ। यसरी हात्तीले घर क्षतिग्रस्त गरिदिए पछि फेरि बनाउन धेरै नै कष्ट पर्ने तिनले बताइन्। यसको साथै तिनले वन विभागलाई घरको क्षतिपूर्ति दिइनुपर्ने माग पनि गरेकी छन्। अर्कोतिर, वन विभाग सूत्रले पनि क्षति भएको घरको सरकारी नियमानुसार क्षतिपूर्ति दिइने बताएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *