हात्तीले खाइदिइयो आधार कार्ड र ब्याङ्कको पासबुक

राजगञ्ज राजगञ्जको सिमुलबारी गाउँमा हात्तीले आधार कार्ड र ब्याङ्कको पासबुक खाइदिएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत राति राजगञ्जको सिमुलबारी गाउँ निवासी फिरा उरावको घरमा हात्तीले ताण्डव मच्चाएर घर भत्काइदिनको साथै घरमा राखिएको खाद्य सामग्री, आधार कार्ड र ब्याङ्कको पासबुक खाइदिएको बताइएको छ। आज बेलाकोवा रेञ्ज अधिकारी सञ्जय दत्तले उक्त पीडित परिवारलाई चामल एवम् घर मरम्मतीको लागि सहयोग गर्नको साथै उक्त इलाकामा पहरादारीको व्यवस्था गरिदिने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.