हात्तीसित स्कुटी ठोक्किँदा एकजना घाइते

नक्सलबारी : नक्सलबारीको किरणचन्द्र चियाकमान संलग्न इलाकामा हात्तीसित स्कुटी ठोक्किँदा एकजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार सुशील कुमार आज स्कुटीमा सवार भएर नक्सलबारीदेखि बाघडुग्रातर्फ गइरहेका थिए। त्यहीँ समय अचानक दलबाट छुटेको एउटा हात्तीले सडक पार गर्दा उक्त स्कुटीसित ठोक्किँदा स्कुटीमा सवार व्यक्ति घाइते भएको बताइएको छ। स्थानीय मानिसहरूको सहयोगमा घाइते व्यक्तिलाई उद्धार गरेर उपचारको लागि नक्सलबारी अस्पतालमा लगेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *