हात्तीसुँढे वर्षाले पुऱ्याएको क्षय क्षतिबारे खरसाङ नगरपालिकाद्वारा स्थलगत निरीक्षण

खरसाङ : खरसाङ नगरपालिका क्षेत्रमा हिज 12 जनवरीमा परेको वर्षाले गर्दा सहरको जता-तत्तै फोहोर-मैलाहरू बगाएर ल्याएपछि यसले जनसाधारणलाई असुविधा भएको थियो भने आज त्यसको खरसाङ नगरपालिकाले स्थलगत निरीक्षण गऱ्यो। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस सुवास प्रधान लगायत नगर पार्षदहरू साथै नगरपालिकाका कर्मचारीहरूद्वारा विभिन्न क्षेत्रको निरीक्षण गरेर जनतालाई पुगेको असुविधाबारे जानकारी लिए। त्यसैगरी, हिजको पानीले पुऱ्याएको क्षय-क्षति र जनताको असुविधाहरू विषयमा नगरपालिकाद्वारा सम्बन्धित विभागहरूमा लिखित रुपमा पत्राचार गरेर जनताको समस्या समाधान गर्ने प्रयास गरिएको बताइएको छ।


यस विषयमा पत्रकार सम्मेलन गरेर खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले हिजको घटना प्राकृतिक प्रकोप हो र यसले खरसाङ नगरपालिका क्षेत्रलाई धेरै क्षति गरेको छ भन्दै कतिजनाले हिजको भिडियो भाइरल बनाएर नगरपालिकाको कमजोरी रहेको बताउँदै खोट देखाउने प्रयास गरेको तर नगरपालिकाले जनताको लागि लगातार रुपमा कार्य गरिरहेको तिनले बताए। तिनले भने, हामीले जनताको सुविधाको लागि सम्बन्धित विभागमा पत्राचार गरेको छौ साथै सबै ठाउँको निरीक्षण गरेर जनताको असुविधा तथा समस्याहरूको समाधान गर्ने प्रयास गरेको छौ।  नगरपालिकाले रमेश सुब्बाको अगुवाइमा लगातार रुपमा सफाई कार्य गरिरहेको छ र हामीले जनप्रतिनिधिहरूको हिसाबमा धेरै कार्य गरिरहेको छौं।  हिजको पानी झरीपछि उत्पन्न असुविधाप्रति कसैले राजनीति नगरिदिने तथा नगरपालिकाको बदनाम नगरिदिने पनि तिनले अनुरोध गरेका छन्। तिनले जनताको समस्या समाधान गर्नु र असुविधाहरूको समाधान गर्न कार्य गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *