हत्याको मामिलामा 3 जना युवकलाई आजीवन कारावासको सजाय

जलपाईगढी : जलपाईगढी जिल्ला अदालतले एकजना युवकको हत्या गरेको आरोपमा तीनजना युवक दोषी प्रमाणित भएपछि आजीवन कारावासको सजाय सुनाएको छ। आरोपीहरू क्रमैले गोपाल राय, आकाश दत्त र लिटन गोस्वामीको रूपमा सामेल छन्। स्मरण रहोस्, 23 जुलाई 2014-मा मैनागढीको पावर हाउस इलाकाको रेलवे लाइनबाट एकजना युवकको घाटी काटेको अवस्थामा शव उद्धार भएको थियो। उक्त घटनाको जाँचमा जुटेका मैनागढी पुलिसले त्यहीँ दिन दुईजना युवकलाई पक्राउ गरेर तिनीहरूसित सोधखोज गरेपछि पुलिसले अन्य एकजना युवकलाई पक्राउ गरेको थियो। पक्रा परेका तीनजना युवकसित सोधखोज गर्दा पुलिसले मृतक युवक तिनीहरूकै साथी रहेको थाहा पाए। यस मामिलामा अदालतमा मोठ 36 जना साक्षीको बयान लिएको थियो। जलपाईगढी जिल्ला अदालतका एडिशनल डिस्ट्रिक्ट सेशन फास्ट कोर्टका न्यायधीश अनिर्वान चौधरीले तीनैजना आरोपीलाई दोषी प्रमाणित गर्दै आजीवन कारावासको सजाय सुनाए। यसको साथै 379 धारा अन्तर्गत थप 6 महीनाको लागि कारावास अथवा 10 हजार रुपियाँको जरिमाना लगाएको छ। न्यायधीश अनिर्वान चौधरीले तिनीहरूलाई 6 महीनासम्म जेल हिरासतमा राख्ने निर्देश दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *