हत्याको मामिलामा पक्रा परेका युवक अदालतमा पेश

सिलगढी प्रधान नगर थाना पुलिसले हत्याको मामिलामा एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर 7 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेका युवक दार्जिलिङ निवासी संजीव प्रधानको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार गत 23 फरवरीमा मुस्कान राम तेल (30) र तिनकी स्वास्नी निशु सुब्बा सिक्किमबाट पठाएको मोबाइल लिनको लागि एसएनटी बस स्ट्यान्डमा गएका थिए। मुस्कान र निशु रातिको समय एसएनटी बस स्ट्यान्डमा फोन लिनको लागि पर्खिरहेको समय संजीव प्रधान नाम गरेको एकजना युवकले तिनीहरूसित झगड़ा गरे भने त्यस समय त्यहाँ रहेका मानिसहरूले तिनीहरूको झगडा शान्त गराए। यसपछि मुस्कान र तिनकी स्वास्नी घर फर्किरहेको समय संजीवले एउटा रडले मुस्कानमाथि हमला गरेर घाइते बनाएको आरोप रहेको छ। घाइते अवस्थामा मुस्कानलाई सिलगढी जिल्ला अस्पतालमा लगेर प्राथमिक उपचारपछि तिनलाई छोडिदिएको थियो। घटनाको दोस्रो दिन मुस्कानको शारीरिक स्थिति खराब भएपछि मुस्कानलाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गराइयो, जहाँ उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। यसपछि मृतककी स्वास्नी निशु सुब्बाले प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरिन्। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति संजीव प्रधानलाई पक्राउ गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *