हवलदार रूपेश खालिङ राईको पार्थिव शरीर ट्रेनमार्फत् ल्याइयो सिलगढी एनजेपीमा, भोलि अन्तिम संस्कार

सिलगढी : 6/11 गोर्खा राइफल्समा कार्यरत हवलदार रूपेश खालिङ राईको पार्थिव शरीर आज सैनिक सम्मानको साथमा ट्रेनमार्फत् एनजेपी ल्याइपुर्‍याइयो। यहाँ सेनाका जवानहरू लगायत भूतपूर्व सैनिक संगठनका शीर्ष पदाधिकारीहरूले तिनलाई खदामाला लगाइदिएर श्रद्धाञ्जलि चढाए। यसपछि सेनाको वाहनमा तिनको पार्थिव शरीर तिनकै जन्मथलो दार्जिलिङको सुकेपोखरी खण्ड अन्तर्गत पर्ने प्लुङदुङमा लगियो। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार अरूणाचल प्रदेशमा आफ्नो सेनाको युनिटमा गत 24 दिसम्बरको राति सुतेका थिए भने 25 दिसम्बरको बिहान तिनलाई मृत अवस्थामा फेला पारेको बताइएको छ। हवलदार रूपेश राईको अन्तिम संस्कार भोलि पैतृकस्थल प्लुङदुङमा सैनिक सम्मानको साथमा गरिने भएको छ। तिनी लगभग 5-6 महिनाअघि विदामा घर आएपछि छुट्टी सकेर आफ्नो ड्युटी पोस्ट अरूणाचल प्रदेश फर्केका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *