हवलदार सतपल राईकी पत्नीलाई एसबीआई-को तर्फबाट 30 लाख प्रदान

सिलगढी: भारतीय स्टेट ब्याङ्कको तर्फबाट हालै देशका सेना प्रमुख विपिन रावतसितै हेलिकप्टर दुर्घटनामा परेर निधन भएका दार्जिलिङको तकदाह कमान निवासी अंगरक्षक तथा सेनाका हवलदार सतपल राईकी धर्मपत्नीलाई भारतीय स्टेट ब्याङ्कको तर्फबाट आज 30 लाख रुपियाँको चेक प्रदान गरियो। भारतीय स्टेट ब्याङ्कका महाप्रबन्धक अशोक कुमार महाकुलले आज डिफेन्स सेलरी प्याकेजमार्फत् इन्सुरेन्सको रूपमा सेनाका दिवंगत हवलदार सतपल राईकी पत्नी मन्दिरा राईको हातमा 30 लाख रुपियाँको चेक प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *