हावी-पानीले रुख ढलेर लाग्दा सिक्किममा एकजना महिलाको मृत्यु, घर क्षतिग्रस्त

गान्तोक : हावा पानीले रुख ढलेर लागेपछि सिक्किममा एकजना महिलाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार सिक्किमको निम्न सामदोङमा बिहिबार अपरान्ह 4 बजे अधिक पानीसँगै तीव्र वेगमा चलेको हावाले रुख ढलेर एउटा घरलाई क्षतिग्रस्त पारिदिनको साथै एकजना महिलाको पनि मृत्यु भएको छ। मृतकको नाम सरस्वती राई हो भने तिनी कुनै काम विशेषले गर्दा छिमेकीको घरमा गएकी थिइन्।


तर त्यही समय तीव्र वेगमा हावा चल्नको साथै पानी परेपछि घर नजिकको रुख ढलेर घरलाई क्षति पुऱ्याउनको साथै सरस्वती राईको पनि मृत्यु भएको बताइएको छ। मृतक महिलाको एकजना नानी पनि रहेको थाहा लागेको छ। तिनको शवलाई पुलिसले घटनास्थलबाट उद्धार गरेर पोस्टमर्टमको लागि सिंगताम जिल्ला अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *