हेल्प डेस्कको सहयोगमा पुजा कार्की फर्किन् घर

सुकेपोखरी :  सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत पर्ने पुबोङ आलुबारी बस्ती निवासी सुनिल राईले आफ्नो खाली घरलाई होम क्वारेन्टाइन सेन्टरमा बनाएको छ। गत केही दिनअघि तिनले सुके मानेभञ्ज्याङ समष्टि हेल्प डेस्कको विशेष सहयोगमा स्थानीय पुजा कार्कीलाई सिलगढ़ीबाट आफ्नो घर पुबोङ आलुबारीसम्म ल्याउन सहयोग पुऱ्याएका थिए। समष्टि हेल्प डेस्कको पहलमा अहिले समष्टिका विभिन्न गाउँका व्यक्तिहरूलाई आफ्नो घर फर्केर आउन सहयोग पुऱ्याउने कार्य भइरहेको छ। जीटीए हेल्प डेस्क सिलगढीमा गत 18 जुनमा बन्द भएपछि सुनिल राई अनि समष्टि हेल्प डेस्कको सहयोगमा पुजा कार्की घर फर्केपछि अहिले होम क्वारेन्टिनमा बसेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *