हेल्पिङ ह्यान्डद्वारा बिमारीलाई आर्थिक सहयोग

कालेबुङ: सामाजिक संस्था हेल्पिङ ह्यान्डले कालेबुङ 6 माईल नसे बस्ती निवासी मिर्गौला पीड़ित आशा थापाको निजी वासस्थानमा पुगेर आज तिनलाई उपचारको निम्ति 1 लाख तीन हजार दुई सय पचास रूपियाँ आर्थिक सहयोग प्रदान गऱ्यो। प्राप्त जानकारी अनुसार उक्त सहयोग राशि हेल्पिङ ह्यान्ड संस्थाका सदस्यहरूले कालेबुङ शहरमा टेबल थापेर संग्रह गरेका थिए। आज बिरामीको निजी वासस्थानमा पुगेर सो रकम परिवार पक्षलाई हस्तानान्तरण गरेको बताइएको छ। उक्त आर्थिक राशी सहयोग गर्नेहरू सबैप्रति हेल्पिङ ह्यान्डको तर्फबाट हार्दिक आभार साथै धन्यवाद व्यक्त गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *