हेलपिङ ह्यान्ड रिलिफ फाउन्डेशनद्वारा दिव्याङ्ग किशनलाई पढाईको सामग्री प्रदान

नगरकट्टा : हेलपिङ ह्यान्ड रिलिफ फाउन्डेशनको तर्फबाट नगरकट्टा ब्लकस्थित टीआर चादर लाइन निवासी दिव्याङ्ग असहाय किशन मुण्डालाई शिक्षण सामग्री लगायत खाद्य सामग्री प्रदान गरियो। अर्कोतिर, फाउन्डेशनको तर्फबाट मटेली ब्लकस्थित नकटी चियाकमानमा सुकन्या कार्यक्रम” अन्तर्गत महिलाहरूलाई सेनिटेरी नेपकिन प्रदान गरियो।


हेलपिङ ह्यान्ड रिलिफ फाउन्डेशनका अध्यक्ष गोलफ बर्मनले दिव्याङ्ग किशन मुण्डालाई स्कुल ब्याग, खाता, पेन्सिल र पढ़ाईका अन्य सामग्री लगायत परिवारको लागि खाद्य सामग्री प्रदान गरेको बताए। यसभन्दा अघि पनि किशनलाई पढाईको सामग्रीहरू वितरण गरेको तिनले बताए। यस अवसरमा हेलपिङ ह्यान्ड रिलिफ फाउन्डेशनका सदस्य अली अकबर, सुकन्या प्रोजेक्ट हेड प्रिती शाह लगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *