हेमिल्टनगञ्जमा अटो पल्टिँदा 5 जना घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको कालचिनी ब्लक अन्तर्गत हेमिल्टनगञ्ज इलाकामा सडक दुर्घटना परेर 5 जना घाइते भएका छन् भने तीमध्ये 2 जना महिलाको अवस्था आशंकाजनक रहेको बताइएको छ। प्राप्त जानकारी अनुसार आज दिउँसो हाँसीमाराबाट कालचिनीगामी एउटा यात्री बोकेको अटो हेमिल्टनगञ्जमा अचानक अनियन्त्रित भएर पल्टिँदा अटोमा सवार 5 जना यात्रीहरू घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगिएको छ। घाइतेहरूमध्ये कालचिनी निवासी सरस्वती प्रधान र हेमिल्टनगञ्ज निवासी मिताली देवनाथको अवस्था आशंकाजनक रहेकोले तिनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *