हेमिल्टनगञ्जमा भाजपाको अभिनन्दन यात्रा

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको हेमिल्टनगञ्जमा भाजपाले आज अभिनन्दन यात्राको आयोजना गर्यो। भाजपाको तर्फबाट आज सीएए-को समर्थनमा हेमिल्टनगञ्ज इलाकामा अभिनन्दन यात्राको आयोजना गर्यो। हेमिल्टनगञ्जको बस स्ट्यान्डदेखि उक्त अभिनन्दन यात्रा शुरू गरेर यहाँको विभिन्न इलाकाको परिक्रमा गर्यो। यस अवसरमा भाजपा नेता, कार्यकर्ता तथा धेरै संख्यामा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *