हेमिल्टनगञ्जमा छात्र युवा उत्सव

कालचिनी : हेमिल्टनगञ्जको कम्युनिटी हलमा आजदेखि कालचिनी ब्लक छात्र उत्सव शुरू भयो। कालचिनी पञ्चायत समितिका सभापति अरूणा परियार, सहकारी सभापति प्रभात मुखर्जी, रोगी कल्याण समितिका चेयरम्यान असीम मजुमदारलगायत अन्य शीर्ष व्यक्तिहरूले संयुक्त रूपमा छात्र युवा उत्सवको शुरूआत गरे। सहकारी सभापति प्रभात मुखर्जीले बताएअनुसार विद्यार्थीहरूमा भएको प्रतिभाहरू जस्तै नाँच-गान, आवृति, चित्राङ्कन आदि विषयलाई अझ तिखारेर लैजाने उद्देश्य लिएर पश्चिमबंगाल सरकारको पहलमा प्रत्येक ब्लकमा यसप्रकारको छात्र युवा उत्सवको आयोजना गरिएको हो। ब्लक स्तरमा विभिन्न प्रतियोगितामा पहिलो हुने प्रतियोगीले अब जिल्ला स्तरीय प्रतियोगितामा अंश ग्रहण गर्न पाउने भएका छन्। यसैगरी, जिल्ला स्तरमा पहिलो हुने प्रतियोगीहरूले राज्य स्तरको प्रतियोगितामा अंश ग्रहण गर्ने मौका पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *