हेमराजको एकमात्र दर्शनीय गोलले डीएसए दलसिंहपाडा विजयी

सिलगढी : रोमाञ्चक खेलको 19औँ मिनटमा हेमराज भुजेलले छिराएको एकमात्र निर्णायक दर्शनीय गोलले नर्थ बेङ्गल आर्म्ड पुलिसलाई पराजित गरेर डीएसए दलसिंहपाडा डुवर्स क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मधुर मिलन संघ मिलन मोड सिलगढीको आयोजना सम्पन्न भइरहेको आठौँ गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज खेलिएको प्री क्वार्टर म्याचमा नर्थ बेङ्गल आर्म्ड पुलिसलाई 1-0 गोलले डीएसए दलसिंहपाडा डुवर्सले पराजित गर्यो। खेलको अन्तसम्म आर्म्ड पुलिसका खेलाडीहरूले विपक्षी नेटमा गोल गर्ने भरमग्दुर प्रयास गरे तापनि कुनै गोल गर्न नसकेपछि उक्त फुटबल प्रतियोगिताबाट बाहिरियो। आजको खेलमा उत्कृष्ट खेलको प्रदर्शन गर्नको साथै टोलीलाई विजयको पगढी गुथ्ने डीएसएका जन्डा खेलाडी हेमराज भुजेललाई म्यान अफ् द म्याच चयन गरियो। अब क्वार्टर फाइनलको पहिलो म्याचमा आगामी 2 जनवरीको दिन दार्जिलिङ पुलिस बनाम केएफसी सिलगढीमाझ जम्का भेट हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *