हेरिटेज ब्यान्ड सिक्किमद्वारा क्यान्सर पीडित बालिका प्रकृति गुरुङलाई 1 लाख रुपियाँ प्रदान

मङपु : हेरिटेज ब्यान्ड सिक्किमले गत 7 र 8 फरवारीको दिन सिक्किमको एमजी मार्गमा एउटा साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेर क्यान्सर पीडित बालिका प्रकृति गुरुङलाई एक लाख रुपियाँ सहयोग स्वरूप प्रदान गरेको छ। मङपु लाब्दा विभाग निवासी बिरामी प्रकृति गुरुङको हाल सीएमसी भेल्लोरमा उपचार चलिरहेको छ। हेरिटेज ब्यान्डका सदस्यहरूले प्रकृति गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै किरण पाख्रीनको हातमा 1 लाख रुपियाँ प्रदान गरेको छ। ब्यान्डका सद्स्यहरू पेमा लामा, आदर्श राई, अभिनाश शेर्पा, मनिषा सेवा, देवराज लामिछाने, अभिनाश लोप्चन, ओमकार थापा र रिकेश थापाले सिक्किमवासी जनतालाई  आभार व्यक्त गरेका छन्। अर्कोतिर, हेरिटेज ब्यान्डले म्युजिकल कार्यक्रम गरेर अर्थ संग्रह गरी क्यान्सर पीडित बिरामी प्रकृति गुरुङलाई सहयोग पुराएकोमा किरण पाख्रीनले बिरामी परिवारको पक्षबाट हेरिटेज ब्यन्डका सम्पूर्ण सद्स्यहरूप्रति आभार व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *