हिरो बजार तीनधारे क्लब 9 रनले विजयी

खरसाङ (निसं): ब्रदरवुड तीनधारेको आयोजनामा तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको तीनधारे महानदी समष्टी स्तरीय क्रिकेट टुर्नामेन्टको तेस्रो दिनको खेल आज हिरो बजार तीनधारे बनाम लिङ्कन क्लब सिपाहीधुरामाझ सम्पन्न भयो। उक्त म्याचमा लिङ्कन क्लबले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि हिरो बजार तीनधारेले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 88 रन बनाएको थियो।


89 रनको लक्ष्यलाई खेदो गर्दै लिङ्कन क्लब सिपाहीधुराले निर्धारित 15 मा केवल 79 रन मात्र बनाउन सफल भएपछि हिरो बजार तीनधारेले 9 रनले म्याच जित्न सफल बनेको छ। आजको म्याचमा 3 ओभरमा केवल 8 रन दिएर 5 विकेट लिने लिङ्कन क्लब सिपाहीधुराको खेलाड़ी अनुप राई ‘म्यान अफ् द म्याच’ चयन भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *