हाईकोर्टको निर्देश पछि वन विभागको जमिनमा लगाएको चिया कमान हटाइयो  

सिलगढी (निसं): वन विभागको जमिनमा अवैध रूपले चिया बगान लगाएको थियो। हाई कोर्टको आदेश पछि आज सम्पूर्ण चियाका गाँछहरू उखेली दिएको छ। स्मरण रहोस, डाबग्राम-फूलबारी अन्तर्गत फाराबारी नेपाली बस्ती इलाकामा सरकारी धेरै बिघा जमिनमा चिया बगान लगाएर एकजना व्यक्तिले व्यवसाय गरेर राम्रो कमाइ गरिरहेका थिए।  उक्त व्यक्तिले त्यो जमिन आफ्नो रहेको दावी गरेको छ। वन विभागले उक्त व्यक्तिलाई जमिनबाट चियाका गाँछहरू हटाउने निर्देश दिए तापनि तिनले मानेनन्। पछि तिनले हाई कोर्टमा मामिला दर्ता गरे।

धेरै लामो समयसम्म केस चलेपछि हाई कोर्टले कब्जा गरेको जमिन मुक्त गराउने निर्देश दिएको छ। उक्त निर्देश अनुसार आज धेरै संख्यामा पुलिस बल अनि वन अधिकारीहरूको उपस्थितिमा वन विभागको जमिनलाई खाली गराउने काम शुरू गरेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Built with ❤︎ by appycodes