हिल कलेज इम्प्लोइज एसोसिएसनको नयाँ कमिटी गठन

खरसाङ: हिल कलेज इम्प्लोइज एसोसिएशनको वार्षिक सभा खरसाङ कलेजमा सम्पन्न भयो। उपस्थित सदस्यहरूलाई खरसाङ कलेजको पक्षबाट पेम्बा शेर्पाले स्वागत जनाए भने कुमुद थापा र लक्ष्मी देवानको तर्फबाट अतिथिहरूलाई खदार्पण गरी स्वागत जनाइयो भने प्रताप छेत्री, इभान मोक्तान, उत्तमा सुन्दासले दीप प्रज्ज्वलन गरे। प्रताप छेत्रीको सभापतित्वमा सम्पन्न गरिएको सभामा पुरानो कार्यकारी समितिलाई विघटन गरी नयाँ समितिको गठन गरियो। जसमा संगठन सचिव कालेबुङ क्लुनी कलेजबाट सुवाशिष माहालानाविस, सभापति सन्त जोसेफ कलेज दार्जिलिङबाट इमान मोक्तान अनि उपसभापति साउथफिल्ड कलेजका आनन्द विश्वकर्म, सोनादा डिग्री कलेजबाट उत्तमा सुन्दास साथै कोषाध्यक्षा मिरिक कलेजबाट एसएस राई र सहकोषाध्यक्ष सोनादा डिग्री कलेजबाट अन्जु प्रधानलाई चयन गरियो। यसको साथै पहाड़को नौवटा कलेज प्रत्येकबाट दुई-दुईजना कार्यकारिणी सदस्यलाई चयन गरियो। सभामा संगठनको सविधानलाई निर्माण गर्नु, भत्ता विषय, पारिवारिक भत्ता विषय आदिमा पनि छलफल गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *